बलिउड अभिनेत्री श्रद्धाका भाइ सिद्धान्त कपुर ड्रग्स मामिलामा गिरफ्तार

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १ : २६


काठमाडौं। बलिउडकी चर्चित नायिका श्रद्धा कपुरका भाइ सिद्धान्त कपुर ड्रग्स मामिलामा गिरफ्तार भएका छन्।

भारतीय संचार माध्यमका अनुासर सिद्धान्तलाई बेंगलुरु प्रहरीले हिरासतमा लिएको छ। सिद्धान्तमाथि पार्टीमा ड्रग्स लिएको आरोप लागेको छ।

सो पार्टीमा सिद्धान्तसहित ६ जनामा लागुऔषध परीक्षण पोजेटिभ आएको जनाइएको छ। प्रहरीका अनुसार लागु आषैध प्रयोग गरिने रेभ पार्टीमा उनीहरु पक्राउ परेका थिए।

यस विषयमा भारतका दिग्गज कलाकार तथा सिद्धान्तका पिता शक्ति कपुरले आफ्नो छोराले ड्रग्स नलिने प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया दिनुहोस्