लोसपाका नेतालाई प्रधानमन्त्रीको आश्वासनः बजेटको जवाफ दिएलगत्तै ‘नागरिकता विधेयक’

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ११ : ३६


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

सोमबार बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी लागयतका शीर्ष नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवासँग भेटवार्ता गरेका हुन्।

भेटमा नागरिकता विधेयक, नेतारकार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कुराकानी गर्नुका साथै सरकारमा सहाभागिता लगायतको विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री देउवाले पनि नागरिकता विधेयक अघि बढाउने संकेत गरिरहेका बेला लोसपा नेताहरुले भेटेर विधेयक पास गर्न दबाब दिएका हुन् । त्यसक्रममा प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका छन् ।

‘आज हामी बालुवाटार पुगेका थियौँ । प्रधानमन्त्रीज्यूले बजेटलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिनुभएको छ,’ लोसपा नेता शरदसिंह भण्डारीले भने ।


प्रतिक्रिया दिनुहोस्