इटहरीको जुट विकास बस्तीमा चितुवा पसेपछि…

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : ३३


काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासस्थित बसोबास रहेको क्षेत्रमा चितुवा पसेको छ । सोमबार बिहान इटहरी–६ को जुट विकास क्षेत्रमा चितुवा देखिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार चितुवा पानीले भिजेको अवस्थामा बस्तीमा देखिएको थियो। चितुवाले अहिलेसम्म कसैलाई पनि आक्रमण गरेको छैन।

तर, बस्तीमा चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् । प्रहरीले स्थानीयलाई घरभित्र ढोका लगाएर बस्न आग्रह गरेको छ । चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ। साथै वन कार्यालयसँग पनि समन्वय भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्