माओवादी केन्द्र ताप्लेजुङमा विवादः जिसस नेतृत्वका उम्मेद्वार आधिकारिक नभएको दाबी

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ९ : ४२


काठमाडौं । जिल्ला समन्वय समितिको मनोनयन दर्ता गर्ने बिषयमा नेकपा (माओवादी केन्द्र) ताप्लेजुङमा विवाद देखिएको छ।

सत्तागठबन्धनमा भएको भागठबन्डा अनुसार ताप्लेजुङमा माओवादी केन्द्रले नेतृत्व पाउने सहमति भएको थियो। तर, माओवादीले सिफारिस गरेका उम्मेद्वार आधिकारिक नभएको भन्दै सोही पार्टीका नेताहरुले विज्ञप्ति मार्र्फत विरोध जनाएका छन्।

जिल्ला समन्वय समिति संयोजक र इन्चार्जले पार्टी निर्णय विपरित उम्मेद्वार उठाएको भन्दै सदस्यहरुले विरोध जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्