शौचालय सार्वजनिक प्रयोग गर्न दिनेलाई कर छुट दिन सकिँदैन– मेयर बालेन

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ११ : २८


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक शौचालय प्रयोग गर्न दिएवापत होटल, रेष्टुरेण्ट, बैंक र अन्य सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बताएका छन् ।

काठमाडौं महानगरको दोस्रो कार्यपालिका बैठकलाई सम्बोधन गर्दै मेयर शाहले भने– ‘रेष्टुरेण्ट जस्तो बैंक तथा वित्तीय संस्था र अन्य संस्थालाई कर छुट दिन सकिदैन, बैंकहरूको कर धेरै हुन्छ । हामीले निर्देशन दिएर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन। उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो । बरु हामी सरसफाइ सामाग्री दिन सक्छौँ ।’

उनले थपे– ‘काठमाडौंमा १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने काम शुरू हुन्छ, यो टेण्डर प्रोसेसबाटै अघि बढ्छ ।’

अहिले सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थाको शौचालय कार्यालय समयमा मात्र खुल्नेछ भने महानगरले बनाएका शौचालय २४ सै घन्टा खुल्ने मेयर शाहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्