काठमाडौं। हलिउड अभिनेता जोनी डेपले हालै पूर्व पत्नी एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा जितेका छन्।
सो मुद्दा जितेपछि उनले हर्डबाट १५ मिलियन अमेरिकी डलर प्राप्त गर्ने भएका छन्।
हर्डले यौन हिंसा, घरेलु हिंसा गरेको भन्दै डेपविरुद्ध उजुरी दिएकी थिइन्।
अन्ततः डेपकै पक्षमा अमेरिकी अदालतले फैसला गरेको हो। यसबीचमा नेपाली चलचित्र क्षेत्रमा स्टार अनमोल केसीले पनि जोनी डेपको जितमा खुशीयाली मनाएका छन्।
अनमोलले जोनी डेपको एक पात्रको अवतारमा फोटो सुट नै गराउन भ्याएका छन्।
View this post on Instagram