सुनको भाउ बढ्यो

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ११ : ११


सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९८ हजार पुगेको छ। उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ। अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्