कुङ् फु मास्टरले एमएमए फाइटरको काम छैन भने, अन्ततः यस्तो भयो हालत (भिडिओ)

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : ५३


काठमाडौं। सन् २०१९ मा अमेरिकाको क्यालिफोर्नियामा एक चाइनिज कुङ् फु मास्टरले मिक्स मार्सल आर्ट्स एमएमको केही काम छैन भनेका थिए।

५० वर्षका ट्रान ३६ वर्षका पूर्व एमएमए फाइटरभन्दा निकै अग्ला र बलिया देखिन्थे। उनी गार्डेन ग्रोभको एमएमए एकेडेमी भित्रै पुगेका थिए।

उनले रिङ भित्रै एमएमए फाइटरको काम छैन उनीहरुलाई लड्न आउँदैन भनेका थिए।

त्यसपछि कुङ् फु मास्टर ट्रानको र ३६ वर्षे एमएमए फाइटरबीच दुई–दुई मिनेटको राउन्डमा भिडन्त गराउने सहमती भयो।

तर कुङ् फु मास्टर केही समय पनि रिङमा टिक्न सकेनन्। उनले एमएमए केही होइन भनेका थिए तर सोही खेलका खेलाडीले उनलाई नकआउट गरिदिए।

मानिसहरुले यो भिडिओ हेरेपछि धेरै बोल्नु हुँदैन, पाप धुरीबाट कराउँछ, धेरै आत्मविश्वासी बन्नु हुँदैन भनिरहेका छन्।

भिडिओ


प्रतिक्रिया दिनुहोस्