जन्मिएको पहिलो दिन नै छोरीको कान छेडिदिएपछि आलोचित बनिन् यी महिला…

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ४ : ५२


काठमाडौं। जन्मिएको पहिलो दिन नै छोरीको कान छेडिदिएपछि एक महिला निकै आलोचित बनेकी छिन्।

टिकटकमा लरा नाम गरेकी महिलाले एक भिडिओ सेयर गर्दै छोरीको जन्मिना साथ कान छेडिदिएको बताएपछि उनको आलोचना भएको हो।

मानिसहरुले कम्तिमा एक वर्ष पुगेपछि कान छेडिदिएको राम्रो भनेर प्रतिक्रिया जनाइरहेका छन्। केहीले अबोध शिशुलाई त्यसो गरिँदा असह्य पीडा हुने बताएका छन्।

यद्यपी केही समूहले भने बच्चामै कान छेडिँदा पछि गएर कान छेड्ने अवस्था नआउने र यतिबेला कान छेड्दा उनीहरुले चोटको महसुस नगर्ने पनि बताएका छन्।

कान छेडिएकी शिशु यतिबेला चार महिनाको भएको डेलीमेलले जनाएको छ।

@laraticaofficial 1 day vs 4 months #babyhair #hair #baby #foryou #bighair #fry #viral ♬ chicken tikka – hannah


प्रतिक्रिया दिनुहोस्