महिलालाई ९८ दिन सुत्केरी बिदा दिन मन्त्रालयको निर्देशन

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ३ : ३७


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ।

मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाले नियमअनुसार पाउनुपर्ने प्रसूति विदा नपाएको गुनासो आएको भन्दै बुधबार एक सूचना जारी गरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस्