पूर्व पत्नीविरुद्ध मुद्दा जितेपछि जोनीडेपले खाए ४८ लाखको खाजा, टिकटक पनि खोले

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  २ : ३७


काठमाडौं। हलिउड स्टार जोनी डेपले पूर्व पत्नी एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा जितेपछि खुशीयाली मनाएका छन्।

आइतबार साँझ बेलायतको बर्मिंघमस्थित एक भारतीय होटल पुगेका उनले साथीहरुसँग खुशी साटासाट गरेका थिए।

सो क्रममा उनले ६२ हजार अमेरिकी डलर खर्च गरेका थिए। ४८ लाख भारतीय रुपियाँमा डेपले त्यहाँ भारतीय खाना, खाजा तथा पेय पदार्थहरु पिएका थिए।

जि न्युजको खबरअनुसार भारतीय होटल संचालकले जोनी डेपको उपस्थितीसँगै २० हजार बर्ग फुटको रेस्टुरेन्ट बन्द गरेका थिए। त्यसपछि डेपले साथीहरुसँग बिना बाधा सुरक्षित रुपमा रमाइलो गरेका थिए।

सो होटलका संचालक मोहम्मद हुसेनले जोनी डेप त्यहाँ आउलान भनेर सोचेकै थिएनन्। फोन आउँदा पनि उनले पत्याएका थिएनन्।

तर जोनीका सुरक्षागार्डले आएर होटल हेरे, सुरक्षित भएको जानकारी दिएसँगै जोनी र उनका साथीहरु त्यहाँ पुगेका थिए।

यसैबीच डेपले टिकटक अकाउन्ट पनि खोलेका छन्। जहाँ उनले आफूलाई समर्थन जनाउनेलाई धन्यवाद ज्ञापन गरेका छन्।

एक मात्र भिडिओ अपलोड भएको अकाउन्टलाई ७० लाखभन्दा बढीले फलो गरेका छन्।

@johnnydeppTo all of my most treasured, loyal and unwavering supporters. We’ve been everywhere together, we have seen everything together. We have walked the same road together. We did the right thing together, all because you cared. And now, we will all move forward together. You are, as always, my employers and once again I am whittled down to no way to say thank you, other than just by saying thank you. So, thank you. My love & respect, JD

♬ Stranger – Love Joys


प्रतिक्रिया दिनुहोस्