मारिओपोलमा पक्राउ परेका १ हजार युक्रेनी सैनिकलाई रुस पठाइयो, चिन्तामा उनीहरुका परिवार

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १ : ५२


किभ। मारिओपोलमा पक्राउ परेका १ हजारभन्दा बढी युक्रेनी सैनिकलाई रसियामा सारिएको बताइएको छ।

रुसी समाचार निकाय इतार तासले सो जानकारी दिएको हो। यसबारे युक्रेनले आफ्नो धारण सार्वजनिक गरेको छैन्।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले स्वतन्त्रतापछिकै ठूलो जटिलता सामना गर्न सक्ने बताएका छन्।

यसैबीच, म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटलाईट तस्बीरमा पूर्वी युक्रेनी सहर सेभेरोदोनेत्स्कमा ठूलो क्षति भएको देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ।

पछिल्लो समयमा रुसी सेनाको सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित भएको छ।

यसअघि रुसले मारिएका युक्रेनी सेना पनि रुस लगेको थियो। लाश फर्काउन उनीहरुले रुसी सेनाको रिहाईको माग गरेका थिए। यतिबेला सयौं युक्रेनी सेना बन्दीको रुपमा रुस पुर्याइएपछि उनीहरुका परिवार चिन्तामा छन्।


प्रतिक्रिया दिनुहोस्