अमेरिकामा दुईवर्षे बालकले बन्दुक चलाउँदा उनका पिताको मृत्यु, आमामाथि हत्या मुद्दा चलाइयो

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ११ : २२


काठमाडौं फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ।

भूइँमा रहेको झोलामा बन्दुक भेटेका ती अवोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा गम्भीर घाइते भएका रेग्गी म्याब्रेको उपचारका लागि स्थानीय अस्पताल पु¥याउने वित्तिकै मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले संवाददाता सम्मेलनमा बताए।

प्रारम्भमा रेग्गीले आत्महत्या गरेको आशङ्का अनुसन्धान अधिकारीहरूले गरेका थिए तर मृतकका जेठा छोराले आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाँडमा गोली लागेको बयान दिएका थिए।

घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा थिए।

यतिबेला प्रहरीले भने बालकका आमालाई हत्या अभियोगमा मुद्दा दर्ता गराएर अनुसन्धान अगाडि बढाएको छ।

त्यो लोड गरेको बन्दुक कसले बच्चाले भेट्टाउने ठाउँमा राख्यो भनेर अनुसन्धान भइरहेको छ। न्युयोर्क टाइम्स


प्रतिक्रिया दिनुहोस्