बर्दिया घटना: सर्वपक्षीय छानबिन समिति गठन गर्ने प्रयास

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ७ : ५३


बाँके । बाघको आक्रमण रोक्न उचित कदम नचलालिएको भन्दै आन्दोलनरत स्थानीयवासी र प्रहरीबीच सोमबार झडप हुँदा एक जनाको मृत्यु भएको विषय छानबिन गर्न सर्वपक्षीय समिति गठन गर्ने सहमति भएको छ।

प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीको गोली लागेर बर्दिया मधुवन–२ को १९ वर्षीया नवीना थारुको मृत्यु भएको थियो।

नवीनाको मृत्यु भएपछि स्थानीयवासी झनै आक्रोशित भएका छन्। बर्दियाको ओराली क्षेत्र तानवग्रस्त भएको छ। आज पनि गुलरिया राजापुर सडक पूर्णरुपमा अवरुद्ध छ। स्थानीयवासीले ननराजुलुस गरिरहेका छन्।

बाटो खुलाउन स्थानीयसँग सम्झौताको प्रयास भइरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दु बास्तोलाले जानकारी दिए।

जनप्रतिनिधिसहित विभिन्न दलका प्रतिनिधिको बैठक बसेर पीडित पक्षसँग सहमति गर्ने र शव बुझाउने प्रयास भइरहेको छ।

बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार सर्वदलीय बैठक बसेर छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्ने निर्णय भएको छ। रासस


प्रतिक्रिया दिनुहोस्