काठमाडौं। रुसको तर्फबाट लडिरहेका खतरनाक मानिएका एक भाडाका लडाकु युक्रेनी स्नाइपरबाट मारिएका छन्।
४४ वर्षका भ्लादमिर अन्दोनोभ जुन ५ अर्थात् यसैहप्ताको आइतबारका दिन युक्रेनी सेनाको गोली प्रहारबाट मारिएको डेली मेलले जनाएको छ।
उनलाई ‘एक्सिक्युस्नर’को नामबाट युक्रेनले चिन्दथ्यो। यसअघि सन् २०१४ मा डोनबासमा उनले नै जेलमा रहेका दर्जनौं युक्रेनी सेनालाई यातना दिएर मारेका थिए।
भाडाका लडाकु उनी सन् २०१४ मा रुसको तर्फबाट लिबिया र सिरिया पनि युद्ध लड्न पुगेका थिए।
हाल पनि उनी युक्रेनी सेनाविरुद्ध लडिरहेका थिए। तर अन्ततः युक्रेन यी खतरनाक भाडाका लडाकु मार्न सफल भए।