काठमाडौं । सरकारले काठमाडौंमा घर बनाउन अब ४ आना जग्गा अनिवार्य गरेको छ।
घर बनाउने प्रयोजन आवासका लागि ४ आनाभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने व्यवस्था ल्याइएको हो।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली २०७९ जारी गर्दै यो व्यवस्था अघि सारेको हो।