काठमाडौं। अमेरिकाको क्यालिफोर्निया राज्यमा एक नेपाली व्यक्तिमाथि निर्घात कुटपिट भएको छ।
ओकल्यान्डमा काम सकेर खाजा खाइरहँदा नेपालका २५ वर्षीय सागर तामाङमाथि निर्घात कुटपिट भएको हो।
कुटपिटबाट उनी बेहोस भएका थिए, उनका मोबाइल लगायतका सामग्री लुटिएका छन्।
याहु डटकमका अनुसार गत शनिबार फक्स थिएटर अगाडिको सडकमा काम सकेर उनी हटडग खाइरहेका थिए।
पछाडिबाट अज्ञात व्यक्तिले टाउकामा प्रहार गरेपछि तामाङ बेहोस भएका थिए। उनलाई हाइल्यान्ड हस्पिटल इमर्जेन्सी डिपार्टमेन्ट लगिएको थियो।
एक दिनपछि आर्थात् आइतबार मात्र उनको होस खुलेको थियो। प्रहरीका अनुसार तामाङको फोन, पर्स, बुट, पेन्ट र कोट नै चोरी भएको छ।
तामाङले त्यहाँ सवारी चालकको रुपमा काम गर्दै आएका छन्। उनका प्रेमिका बिमला थापका अनुसार उनले उपचार खर्च जुटाउन गोफन्डमी पेजमा सहयोग मागेकी छिन्।
३० हजार अमेरिकीडलरमध्ये अहिलेसम्म १३ हजार डलर सहयोग संकलन भइसकेको छ।
एसियालीमाथि हुने हिंसाको शिकार तामाङ भएको आशंका गरिएको छ। यसअघि चिनियाँ नागरिकजस्ता देखिने व्यक्तिहरुमाथि अमेरिकामा आक्रमण हुँदै आएको थियो।
Sagar & his GF think he was targeted b/c he is Nepalese. She told me:
⠀
“𝘉/𝘤 𝘸𝘦 𝘢𝘳𝘦 𝘈𝘴𝘪𝘢𝘯, 𝘱𝘱𝘭 𝘵𝘩𝘪𝘯𝘬 𝘸𝘦 𝘢𝘳𝘦 𝘦𝘢𝘴𝘺 𝘵𝘰 𝘳𝘰𝘣, 𝘦𝘢𝘴𝘺 𝘵𝘰 𝘢𝘴𝘴𝘢𝘶𝘭𝘵, 𝘦𝘢𝘴𝘺 𝘵𝘰 𝘮𝘢𝘯𝘪𝘱𝘶𝘭𝘢𝘵𝘦.”I asked Sagar why he wanted to speak out. #StopAsianHate pic.twitter.com/LvgbU6tq8I
— Dion Lim (@DionLimTV) June 5, 2022