बाँकेमा ७० वर्षीया वृद्धाको कुटपिटबाट मृत्यु, पक्राउ परे ३६ वर्षे शिव कुमार

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १ : २९


बाँके। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको छ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने शिव कुमार बढईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

गुप्ताको पसलमा सामान किन्ने क्रममा विवाद गरी बढईले कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। उनको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिट गरी फरार भएका बढईलाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्