विद्यार्थीलाई चिट चोराएर पास गर्ने नगर्नुस्: प्रजिअ प्रसाई

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ८ : ३०


जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले जुम्लाका विद्यालय शिक्षामा सुधार आवश्यक रहेको बताएकी छन्।

समाजिक विकास कार्यालयले आयोजना गरेको विद्यालय शिक्षा सुधार योजना सम्बन्धीको तीन दिने तालिममा उनले यस्तो बताएकी हुन्।
प्रजिअ प्रसाइले भनिन्, ‘जब सम्म शिक्षामा भएको वेथिति हटाउन सकिँदैन, तब सम्म समाज बिकासको परिकल्पना गर्न सकिँदैन।’ विद्यार्थीलाई पढाइमा मिहेनत गराए पास गराउनु पर्ने उनको भनाइ छ।

तर जुम्लाका शिक्षकले विद्यार्थीलाई अध्यायन गर्न शिकाउनुको साटो परीक्षामा चिट चोराउने गरेको भेटिएको उनले बताइन्। जुम्लामा सञ्चालन भएको एसइइ परीक्षा र हाल सञ्चालित कक्षा १२ को परीक्षा अनुगमनको क्रममा यस्तो भेटिएको बताइन्।

उनले भनिन, जुम्लाका सबै विद्यालयमा अनुगमनमा गएका थियौँ । तिलागाउँपालिकाको सरस्वती प्राविधिक बिद्यालय, चन्दननाथ नमुना माध्यमिक बिद्यालय, तातोपानी गाउँपालिकाको हिमशिखर बिद्यमालय लगायत बिद्यालयमा बिद्यार्थीलाई शिक्षकले नै चिट चोराउदै गएको पाएका हौँ।

शिक्षकले बिद्यालयमा पठनपाठन गराउनु पर्छ भन्दा पनी राजनितिक गतिबिधिमा बढी सक्रिय हुने गरेको बताईन। आफ्ना बालबालिकालाई निजि स्कुलमा पढाउने, सरकारी बिद्यालयमा पठनपाठन गर्दै आएका बिद्यार्थीलाई पढाउने भन्दा पनी चिटचोरेर पास हुन सिकाउने परिपाटी अन्त्य गर्न जुम्लाका सबै बिद्यालयका प्रधाना ध्यापक र स्थानीय तहका शिक्षा शाखाका प्रमुखलाई अनुरोध गरिन। प्रअिज प्रसाइले, विद्यालय व्यवस्थापन समिति ९विव्यस० को नेतृत्व र सबै सरोकारवालाहरूको सहयोग तथा सहभागितामा विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनु पर्ने बताइन । उनले,समग्र पक्षको सुधारमा केन्द्रित रही विद्यालय सुधार योजना तयार सुझाब दिइन।

त्यस्तै नगर शिक्षा ,सुधार योजना, गाउँशिक्षा सुधार योजना, र बिद्यालय शिक्षा सुधार योजनाका प्रशिक्षक मेगराज न्यौपानेले, शिक्षा क्षेत्रको यस सुधार योजना निमार्णको लागी सबैको सहयोगमा आबश्यक रहेको बताए। उनले यस प्रशिक्षण तालिमले शिक्षा क्षेत्रको सुधार योजना निर्माणका लागी गरिएको हो।

त्यस्तै सामाजिक बिकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाइले अहिले सम्म बिद्यालयमा ध्यापन राउदै आएका शिक्षकले शिक्षा सुधार योजना बनाएको पाइदैन । त्यसैले शिक्षामा गुणस्तर ल्याएन नसकिएको हो । यस कार्यक्रमले शिक्षा क्षेत्रको सुधारको लागी महत्वपुर्ण हुने छ । उनले भने,‘शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधारको योजना विकासका गर्ने बताएको छ । उनले विद्यालय सुधार योजनाको मूल ध्येय शैक्षिक गुणस्तर सुधारका लागि राम्रो उपलब्धी हुने बताए।

जुम्लका आठ वटा स्थानीय तहका शिक्षाशाखाका प्रमुख र बिद्यालयको प्रधानाध्यापक ,र शिक्षकहरुको सहयताका कुनै एक पालिकामा विद्यालय सुधार योजना बनाउने बताए।

उनले भने ,बाकी सबै सम्बन्धीत स्थानीयतहले बनाउनु पर्ने बताए । उनले थपे,‘ शिक्षा सुधार योजना विद्यालयको शैक्षिक गुणस्तर सुधारका लार्गि सहयोग गर्ने एउटा साधन बन्ने छ।

सामाजिक बिकास कार्यलयले आयोजना गरेको बिद्यलय शिक्षा सुधार सम्बन्धी तिन दिने कार्यक्रमको प्रशिक्षण रेशम बहादुर शाही र मेगराज न्यौपानेले गर्ने भएका छन।


प्रतिक्रिया दिनुहोस्