मेस्सीको जादुमयी प्रदर्शन, अर्जेन्टिनाको जितमा एक्लैले यसरी हाने पाँच गोल (भिडिओ)

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ४ : ३१


काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५–० ले पराजित गरेको छ।

आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए।

आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्