आफै फोहोर संकलनमा उत्रे काठमाडौं-१६ का वडाध्यक्ष

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ३ : ३१


काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर उठ्न नसक्दा समस्या भइरहेको छ।

मेयरमा निर्वाचित भएको भोलिपल्टैबाट फोहोर व्यवस्थापनमा लाग्ने बालेन साहले बताएका थिए। तर, अझै फोहोर उठ्न सकेको छैन।

यसैबीच, काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाल आफैं फोहोर संकलनमा निस्किएका छन्।

महानगरको संयन्त्रले वातावरण विभागले फोहोर उठाउन नसकेपछि वडा अन्तर्गत रहेका महानगरको गाडी प्रयोग गरेर सडकमा थुप्रिएका फोहोर उठाउन लगाएका हुन्।

उनले फोहोर सङ्कलनको काम वडाको नभई महानगर अन्तर्गतको भए पनि सडकमा फोहोर नउठेपछि आफैं फोहोर उठाउन निस्किएको बताए।


प्रतिक्रिया दिनुहोस्