काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले मन मिलुन्जेल ‘लभ’को संज्ञा दिने र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको भन्दै कानुन निर्माणमा गम्भीर हुन् सुझाव दिएकी छन्।
सोमबार प्रतिनिधिसभामा यौन हिंसा विरुद्धको कानुनलाई संशोधन गर्न आएको विधेयमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले स्वार्थ मिले केहि नहुने तर स्वार्थ नमिल्दा बलात्कारको आरोप लगाउँने प्रवृत्ति बढ्दै गएको बताइन्।
पल शाह र पूर्व सभामुख कृष्णबहादुर महराको उदाहरण गर्दै उनले भनिन्, ‘मन मिलेसम्म ‘लभ’को संज्ञा दिने, मन नमिलेपछि ‘रेप’को संज्ञा दिने? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं। जबसम्म स्वार्थ मिल्यो उहाँबारे कसैलाई पत्तो थिएन। जब स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो। यो कुरा हामीले भुल्नु हुँदैन। हदम्यादको कुरा धेरै उठिरहेको छ। हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ अनि न्याय कसरी पाउँछन्? यो कुरा हेर्न जरुरी छ। महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस्। म सांसद हो देशको लागि कानुन निर्माण गर्न आएका छौं।’
कानुन जतिसुकै कठोर बनाएपनि कार्यान्वयन फितलो हुने भए त्यसले अर्थ नराख्ने उनको भनाई छ।