विप्लव नेकपाले एमसीसी विरुद्ध संघर्ष गर्ने (विज्ञप्ति)

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ३ : ०३


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दीर्धकालिन मुद्धालाई लिएर संघर्षको घोषणा गरेको छ।

सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक बिज्ञप्ति जारी गर्दै जनसंघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दिर्धकालिन मुद्धालाई लिएर संघर्ष गर्नुको विकल्प नेपाली जनताका अगाडी रहेन। तसर्थ देश माथीको अमेरिकी साम्राज्यवादी हस्तक्षेप,: एमसीसी सम्झौता, भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल विउ नपाएर तड्पीनुपर्ने अवस्था र कष्टकर जनजीविका विरुद्ध हाम्रो पार्टी निम्न जनसंघर्षका कार्यक्रमहरु घोषणा गर्दछ । घोषित जनसंघर्षका कार्यक्रमलाई सक्रिय सहभागिताका साथ सफल पार्न आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ।’

प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ति यस्तो छ।

 


प्रतिक्रिया दिनुहोस्