यी महिलाले धोका दिने ब्वाईफ्रेन्डलाई कारले तीन पटक किच्याएर हत्या गरिन्!

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १२ : ३४


काठमाडौं। अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नै प्रेमीको कारले ठक्कर दिएर हत्या गरेकी छिन्।

एप्पल एअरट्यागमार्फत् ब्वाईफ्रेन्डको लोकेसन पत्ता लगाएर सोही स्थान पुगेकी २६ वर्षको क्यालिन मोरिसले प्रेमी आन्द्रे स्मिथलाई अर्कै युवतीसँग बारमा रमाइरहेको देखेकी थिइन्।

आफ्ना प्रेमी अर्कै युवतीसँग रमाइलो गर्दै गरेको भेटेपछि मोरिसले सहन सकिनन्। उनले इन्डियानापोलिस पब बाहिर प्रेमीलाई पर्खिरहिन।

जब स्मिथ बाहिर निस्किए मोरिसले कारले ठक्कर दिइन्। अमेरिकी प्रहरीका अनुसार स्मिथमाथि मोरिसले तीनपटक कार चढाएकी थिइन्।

स्मिथको घटनास्थलमै मृत्यु भएको थियो। गत जुन ३ मा यो घटना भएको थियो। प्रहरीका अनुसार स्मिथले धोका दिएका कारण मोरिसले कारले ठक्कर दिएको बयान दिएका छन्।

हाल हिरासतमा रहेकी उनीमाथि थप अनुसन्धान भइरहेको छ। डेलीमेल


प्रतिक्रिया दिनुहोस्