उत्तर कोरियालाई सन्देश दिन अमेरिका र दक्षिण कोरियाले हाने आठ ब्यालिस्टिक क्षेप्यास्त्र

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ११ : ४९


सोल। उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले आठ ओटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

सो कार्य उत्तर कोरियाको ‘आक्रमण विरुद्ध’ भएको दक्षिण कोरियाली सेनालाई उदृत गर्दै योनहाप समाचार संस्थाले जनाएको छ।

उत्तर कोरियाले छोटो दूरीका आठ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिका र दक्षिण कोरियाले कदम चालेको हो। त्यसअघि दक्षिण कोरिया र अमेरिकाले अमेरिकी विमान प्रयोग गरेर संयुक्त सैन्य अभ्यास गरेका थिए।

दक्षिण कोरियाली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘ हाम्रो सेनाले उत्तरको ब्यालिस्टिक मिसाइलको उत्तेजक शृंखलाको कडा निन्दा गर्दछ। प्रायद्वीपमा सैन्य तनाव बढाउने कार्य तत्कालै रोक्न जोडदार आग्रह गर्दछ।’

आर्थिक प्रतिबन्धबीच प्योङयाङले यस वर्ष आणविक हतियारका कार्यक्रम दोब्बर पारेको छ। उत्तरले नयाँ आणविक परीक्षणका लागि तयार गरेको विज्ञहरूले बताउँदै आएका छन्। दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक–यओलले प्योङयाङको उत्तेजनाविरुद्ध कडा अडान लिने बाचा गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्