युक्रेनको विश्वकप खेल्ने सपना अधुरै, वेल्स ६४ वर्षपछि विश्वकपमा

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : ३८


काठमाडौं । युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । आईतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाति गोल गरे । वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।

अब, समूह बी इंग्ल्यान्ड ,अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्