हरिहर अधिकारी र निता ढुंगानाले विहे गर्दै

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १० : २६


काठमाडौं । नायिका नीता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारीले विहे गर्ने भएका छन्। उनीहरुले आउँदो असार २४ गते लगनगाँठो कस्ने भएका छन्।

आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको बताइएको छ। दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने छन्।

नीता र हरिहरको पहिलो भेट नीताकै घरमा भएको थियो। उनका भाइ र हरिहर साथी थिए। नायिका ढुंगाना र नायक अधिकारी पछिल्ला बर्षमा प्रेममा रहेको खबर सुनिने गरेको थियो।


प्रतिक्रिया दिनुहोस्