गोठलापानी बजारमा शौचालयको झण्जट हट्यो, सफा शौचालयमा निस्शुल्क सेवा

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ९ : ००


बैतडी । बैतडी जिल्ला सदरमुकामको प्रमुख व्यापारीक केन्द्र गोठलापानी बजारमा सार्वजनिक शौचायय नहुँदा निकै समस्या थियो।

विभिन्न ठाउँबाट आएका यात्रुहरु शौचालय खोज्दै होटल चहार्थे भने, होटलमा आउजाउ गरिरहने व्यक्ति बाहेकलाई दिशापिसाव गर्न समस्या थियो। प्रायः खानेपानी अभाव भइरहने यस बजारमा होटेलमा समेत दिसापसाव गर्न सबैका लागि सम्भवन थिएन्।

केहि व्यक्ति त सडक पेटीमा मान्छेहरुकै अगाडी पिसाव फेरिरहेको दिउँसै देखिन्थ्यो । तर त्यो समस्या अब भने हटेको छ । यसअघि नै निर्माण भएको सार्वजनिक शैचालय बल्ल प्रयोगमा ल्याइएको छ । त्यो पनि निशुल्क।

धेरैजसो सार्वजनिक शौचालयहरुमा ५देखि २० रुपँया सम्म तिर्नुपर्ने हुन्छ । तर गोठलापानी बजारको शौचालयमा भने निशुल्क सेवा रहेको छ। दशरथचन्द नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पुस्कर राज जोशी लख्खाभाईले यो कदम चालेका हुन् । उनको निर्देशनमा पुरानै शौचालयलाई मर्मत गरि टल्काएर सञ्चालनमा ल्याइएको छ।

गोठलापानि बजारको शौचालय सञ्चालनमा ल्याउनुका साथै नगरका अन्य बजारहरुमा समेत सार्वजनिक शौचालय निर्माण गरिने मेयर जोशीको भनाई छ।

उनले पदभार ग्रहण गरेकै दिन देखी मुख्य बजार क्षेत्रहरुमा सरसफाई अभियान सुरु गरिसकेकाछन् । सडकमा हिन्दा गन्हाउले सबै फोहोरमैलाको अहिले व्यवस्थापन गरिएको छ भने, दैनिक नगरपालिकाका कर्मचारीहरु सडक सरसफाई गर्न काम गरिरहेको पाइन्छ । मेयर जोशी पहिलो पटक भने आफै कुच्चो समातेर सरसफाई गर्न सडकमा उत्रेका थिए । उनको यो कामको चौतर्फी प्रशंसा भैरहेको छ । अहिले दशरथचन्द नगरपालिकामा एम्बुलेन्स र शव वाहन निशुल्क गरिएको छ।


प्रतिक्रिया दिनुहोस्