काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले फिर्ता बोलाएपछि प्रेम आले पर्यटन मन्त्रालयबाट बिदा हुने भएका छन्।
आइतवार बसेको सो पार्टीको सचिवालय बैठकले पाँच मन्त्रीलाई फिर्ता बोलाएको हो।
यससँगै समाजवादीले नयाँ मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ सिफारिस गरेको छ।
अब पर्यटन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले सम्हाल्ने भएका छन्।