यस्तो छ तपाईको आजको राशिफल

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ७ : २९
Rasi_fal


आजको पात्रोः आज २१जेठ २०७९, शनिवार । तदअनुसार ४ जुन २०२२ । ज्येष्ठशुक्लपक्ष पञ्चमी, बब करण, पुष्य नक्षत्र, ध्रुव योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः०९ मा भएको भने सूर्यास्त ६ः५६ मा हुनेछ । आज विहान ०८ः३६ देखि १०ः१९ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै शुभकार्य नगर्नुहोला । आज शं शनैंश्चराय नमः मन्त्रोचारण गर्दा शुभ फल प्राप्त हुनेछ । शनिवारको दिन पिपलको बृक्षमा जल अभिषेक गर्दा उत्तम हुनेछ । आजको देवता भूमि, ग्रहदेव केतु रहेको छ । शनिवारको दिन स्ना र फलाम दान गर्नु उत्तम हुनेछ ।

मेष

व्यापार ब्यवसायबाट लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु वेश हुनेछ । शनिदेवको आराधना गर्नु उत्तम हुनेछ ।

वृष

वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ हुनेछ । ब्यापारको कामबाट फाइदा हुनेछ । तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आज कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । कसैलाई पनि अपमान हुने काम नगर्नुहोला ।

मिथुन

आजको दिन तपाईलाई परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिका जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै वेश हुनेछ ।

कर्कट

आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । विहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला । आजको दिन कसैसँग विवाद हुने काम नगर्नु होला । सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

सिंह

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

कन्या

तपाईको आज आफन्तसँग सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने योग रहेको छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्यनारायणको दर्शन गर्नुहोला । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईलाई मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।

तुला

कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक

यात्राको अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर

देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।

कुम्भ

सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकाहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।

मीन

अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा पुग्नेछ । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको भेटघाटले मनमा खुसियाली छाउनेछ । सामाजिक कामको समय खर्च हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउने छ । आफूभन्दा ठूलाको सम्मानबाट तपाईलाई आत्मिक शक्ति प्राप्त हुँदै जानेछ ।


प्रतिक्रिया दिनुहोस्