जुम्ला । तातोपानी गाउँपालिका १ मा रहेको रानी ज्यूलोमा कुलो निर्माण गरिएको छ । बढीले रानी कुलो बगाएपछि खेतियोग्य जमिन सिचाईको लागी रानीकुलो निमार्ण गरिएको हो । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानि ज्यूलो सहित तातोपानीको ग्रिरीखोला र तिला गाउँपालिकामा भेरीखोलाको बाढीले अधिंकास सिचाइ कुलो बगाएको थियो । जुम्लामा धेरै सिँचाई कुलाहरु बगेर जानुका साथै खेतियोग्य जमिनमा सिचाईको लागी समस्या भएको थियो । तर जुम्लाको पहिचानको रुपमा रहेको कालिमार्सी धान रोप्ने समय आएकाले कृषि बिकास कार्यलयले केही कुलोहरु निर्माण गरेर रोपाई सुचारु समेत भएको छ ।
त्यस्तै तातोपानी १ अन्तरगत पर्ने रानि ज्यूलोको कुलो बाढिले वगाएको स्थानको आरसिसि गरेपछि संचालनमा आएको छ । कृषि विकास कार्यालयले ७ लाख र स्थानीयको एक लाख श्रमदानमा उक्त कुलो बाढीले निमार्ण गरिएको कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने, बाढीले बगाएको स्थानमा ४१ मिटर आरसिसि र अन्य काम गरेपछि पानी ल्याएर रोपाई भएको छ । प्रमुख अधिकारीले ,विपतले बगाएको रानि ज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ । उनले भने,‘कुलो पुरै आरसिसि तथा वाधनिर्माण गर्न ठूलो योजना आबश्यक भएको छ।
उनका अनुसार त्यो स्थानमा बर्खायाममा नदिले अझै कटान गर्न सक्ने भएकाले धेरै ग्याविन सहित अन्य थप निर्माण आवश्यक रहेको छ ।
त्यस्तै रानिज्यूलोमा करिब, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताए । उनले बिपतले धान रोप्न नपाईने होकि भन्ने चिन्ता थियो । यस पटक किसानका लागी राहत भएको छ । जेनतेनपानी रोपाइका लमागी पनी पुरयाउन कृषि विकास कार्यालयको कार्यक्रमले सहयोग गरेको छ । उनका अनुसार अव यो बर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले फेरी बगाउछ की भन्ने डर उत्तिकै छ ।
यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले बाढीले बगाएको तातोपानी १ कै वाईराकाको १०० मिटर कुलो पुर्ननिर्माणका लागि काम भईरहेको छ । कृषि विकास कार्यालयका सवईन्जिनियर महेश बुढ्थापाले तिला गाउँपालिका ४ नुवाकोटमा पनि बाढीले बगाएको वालुदेखि चौसिला आरसिसि १२३ मिटर कुलो आरसिसि निर्माण भएको बताए । उनले भने,‘ सो कुलो धेरै बनाउनु पर्ने आवश्यक रहेको छ । उनका अनुसार बाढीले जुम्लाका सिचाई योजना तथा आरसिसि कुलो ६० वटा भन्दा बढी स्थानमा निर्माण भइरहेका छन् ।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले रानी ज्यूलोमा रहेको कुलोको अवस्थाको अवलोकन गरेका छन । उनले कुलोलाई वलियो नबनाएमा बर्खाको पानीले समस्या पार्ने भएकाले बलियो बनाउन आवश्यक रहेको बताए।
त्यस्तै वडा नम्बर दुईका अध्यक्ष चन्द्रमान बुढाले तत्कालको आरसिसि कामले रोपाई हुने भएको बताए । उनले कृषि विकास कार्यालयलाई आभार ब्यक्त गरे । २०७८ साल कात्तिकमा आएको बाढीले धेरै तातोपानी र तिलाका मार्सीधान रोप्ने खेत सहित कुलाहरु बगाएको थियो । कृषि क्षेत्रमा ठूलो क्षेति पुगेको समयमै कृषि विकास कार्यालयले मलम लगाउन शुरु गरको भन्दै किसान खुशी भएका छन्।