रातो मछिन्द्रनाथको जात्राको अवसरमा भोलि शनिबार सार्वजनिक बिदा

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ५ : २५


सरकारले रातो मछिन्द्रनाथको जात्राको अवसरमा जेठ २१ अर्थात शनिबार सार्वजनिक बिदा दिएको छ।

रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो। भोलि शनिबारसमेत परेको छ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको छ।


प्रतिक्रिया दिनुहोस्