बलिउडमा डेब्यू गर्दै विपिन कार्की, रणवीर कपुरसँग अभिनय गर्ने

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ४ : ३४


काठमाडौं। नेपालका चर्चित अभिनेता विपिन कार्कीले बलिउड चलचित्रमा डेब्यू गर्ने भएका छन्।

कार्की हिन्दी चलचित्र ‘एनिमल’मा आवद्ध भएका हुन्। सो चलचित्रमा कार्कीले चर्चित भारतीय कलाकार रणवीर कपुर र अनिल कपुरसँगै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

उनी अब उक्त चलचित्र छायांकनका लागि छिट्टै मुम्बइ जाँदैछन्।


प्रतिक्रिया दिनुहोस्