काठमाडौं। भारतीय राज्य पञ्जावका चर्चित गायक सिद्धु मुसेवालाको हालै गोली हानी हत्या भएको थियो।
जीन्युजका अनुसार मुसेवालालाई गोली हानेर हत्या गर्ने समूह नेपाल प्रवेश गरेको आशंका गरिएको छ।
यतिबेला ती हत्याराहरुलाई खोज्न भनेर दिल्ली प्रहरीको विशेष टोली नेपाल पुगेको पनि समाचारमा जनाइएको छ।
भारतीय प्रहरीका अनुसार हत्याराहरु नेपालमा लुकेको हुनसक्छन्। यसअघि भारतीय प्रहरीको उक्त टोली मुजफ्फरनगर पनि पुगेको थियो।
खबरअनुसार हत्याराहरुको पहिचान भइसकेको छ। पञ्जावको मानसा जिल्लामा मे २९ का दिन आक्रमणकारीले मुसेवालालाई गोली हानी हत्या गरेका थिए।
मुसेवालाको गाडी पछ्याउँदै हत्याराहरुले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। मुसेवालाको शरीका विभिन्न अंगमा कयौंपटक गोली प्रहार भएको पाइएको थियो।
यो घटनासँगै भारतमा गुन्डा समूहको चलखेल बढेको छ। कलाकारहरुसँग धम्क्याएर पैसा उठाउने समूहले मुसेवालाको हत्या गरेको बताइएको छ।
यसबीचमा गुन्डा नाइके भूपी राणाले आफ्नो ग्याङले हत्यारालाई मार्ने बताएको छ। यो समूहले हत्याराको जानकारी दिनेलाई पाँच लाख इनाम दिने पनि बताएको छ।