ललितपुर लुभुका किसानले घेरे आयल निगम, इन्धनको मूल्य फिर्ता हुनुपर्ने माग

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ३ : ४६


काठमाडौं। आयल निगमले गरेको इन्धनको मुल्यवृद्धीका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै ललितपुर लुभुका किसानहरुले आयल निगम घेराउ गरेका छन्।

प्रतिरोधको आयोजनामा लुभुमा जग्गा भाडामा लिएर खेतिपाती गरिरहेका किसानहरुले आयल निगम घेराउ गरेका हुन्। उनीहरुले तत्काल मुल्यवृद्धी फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

‘हामी किसानहरु लाई मुल्यवृद्धिका कारण बाँच्न कठिन परिरहेको छ, राज्यले हामीलाई जहिल्यै मारमा पार्दै आइरहेको छ’ कार्यक्रममा किसान तथा समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विकले भने,‘किसानसङ्ग लड्नुको विकल्प कहिल्यै थिएन र अहिलेपनी किसानलाई माथी उठ्न नदिने प्रपन्च निरन्तर छ, श्रमजीवीले समस्या भोग्नुपर्ने तर भ्रष्टाचारी र कमिसनखोरले ऐश आरामको जीवन बाच्ने परिस्थितिसङ्ग हामी डटेर लड्नेछौ।’

उनले राज्यव्यवस्था श्रमजिविको नभएको बताए। प्रतिरोधले मुल्यवृद्धिको विरुद्धमा निरन्तर आन्दोलन गरिरहने जनाएको छ।

No description available.


प्रतिक्रिया दिनुहोस्