नेपालगन्जमा तनाव: आक्रोशित समूहद्वारा सेतु विकको शालिक तोडफोड

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १ : १६


नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ।

वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ। यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यसैबीच, प्रहरीले राजा बीरेन्द्रको शालिक हटाएपछि आक्रोशित बनेको समूहले न्युरोडस्थित सेतु बिकको शालिकमा पनि तोडफोड गरेको छ।

उक्त शालिकको निधारमा क्षति पुगेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्