नगरकार्यपालिका महिला सदस्य पदमा निर्विरोध चयन

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १० : ४५


सप्तरी । राजविराज नगरपालिकाको नगरकार्यपालिका महिलातर्फ सदस्य पदमा निर्विरोध चयन भएका छन्। जनता समाजवादी पार्टीबाट ३ र नेपाली कांग्रेसबाट २ जना नगरकार्यपालिका सदस्य पदमा निर्विरोध चयन भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजका अनुसार जनता समाजवादी पार्टीबाट रेखादेवी मण्डल, घुरनी देवी रजक साँफी, मञ्जु कुमारी खड्का रजक र नेपाली कांग्रेसबाट सोनी कुमारी रजक, ललिता देवी कर्ण रहेकी छिन्।

राजविराज नगरपालिका नगरकार्यपालिका महिलातर्फको ५ सदस्य पदका लागि भएको मनोनयन दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले उनीहरुलाई निर्विरोध घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दलित अल्पसंख्यकतर्फको ३ पदका लागि भने निर्वाचन गरिने जनाएको छ। दलित वा अल्पसंख्यक खुल्ला सदस्यतर्फ जसपाबाट ईलिवास मियाँ, मो। बसिर, मनोज कुमार साह र माओवादी केन्द्रबाट केदार देव एमालेबाट धिरेन्द्र बर्माले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्