आज देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना देखिएको छ।
स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावको कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अहिले पूर्वी तराईका केही स्थानमा वर्षा भइरहेको छ।