काठमाडौंलाई बालेनमाण्डु भन्दै यो होटलले शौचलाय सार्वजनिक भएको घोषणा गर्यो

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ५ : ०६


काठमाडौं। बलिया पार्टीका उम्मेदवारहरुलाई पराजित गर्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन्द्र शाह अर्थात् र्यापर बालेन काठमाडौंको मेयरमा भारी मतसहित विजयी भए।

यो बलिया पार्टीलाई ठूलो धक्का थियो किनभने उनीहरु सोच्थे कि आफ्नो चुनाव चिन्हमा जो उठेपनि उनीहरुले जिति हाल्छन्।

तर सार्वजनिक शौचालयको अभाव, खानेपानीको समस्या, सडक जाम, भत्किएका सडक जस्ता समान्य समस्याबाट गुज्रिरहेका काठमाडौंबासीले विकल्पको रुपमा युवा इन्जिनियर बालेनलाई मेयरको रुपमा चुने।

उनले दैनिक जीवनमा जोडिएका समस्या हल गर्ने वाचा गरेका छन्। सोही अनुरुप उनले आफू मेयर बनेपछि नगरपालिकाको पहिलो वैठकमा होटल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालय बनाउने घोषणा गरे।

सो निर्णयमा सबैले सहमति जनाएपछि अब होटल तथा रेस्टुरेन्टको शौचालय प्रयोग गर्दा पैसा तिर्नुपर्दैन। तर व्यवहारमा उत्रिन केही समय लाग्नेछ।

यसबीचमा काठमाडौंको आरडिएक्स रेस्टुरेन्ट तथा ट्याटु बारले आफ्नो शौचालय सार्वजनिक भएको घोषणा गरेको छ।

बालेनलाई आफ्नो समर्थन भएको बताउँदै उनीहरुले काठमाडौंलाई बालेनमाण्डु पनि भनेका छन्।


प्रतिक्रिया दिनुहोस्