यी पागलप्रेमीले पूर्वप्रेमिका अपहरण गरे, अनुहारमा खोपिदिए आफ्नो नामको ट्याटु!

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ४ : १८


काठमाडौं। प्रेम र राजनीतिमा जे कुरा पनि जायज हुन्छ भन्ने भनाइ हामीले सुन्दै आएको हो।

ब्राजिलमा घटेको एक घटनाले त्यो भनाइलाई थप बल त दिएको छ तर त्यो कार्य गैरकानुनी हो।

ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर उनको अनुहारमा आफ्नो नामको ट्याटु खोपिदिएका छन्।

ब्राजिलका संचारमाध्यमका अनुसार उनले पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिन त्यसो गरेका हुन्।

खबरअनुसार १८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन्। त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो।

उनले तयानेलाई जबर्जस्ती कारमा राखे। नमान्दा आक्रमण गर्ने हो कि भन्ने डरले उनी थपक्क कारमा बसिन्। त्यसपछि उनलाई पूर्व प्रेमीको घरमा लगियो। त्यहाँ उनका २० वर्षका पूर्व प्रेमीले तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए।

गेब्रियलले ट्याटु बनाएको आरोप अस्वीकार त गरेनन्, तर तयानेले निकै खुसीका साथ यसो गर्न दिएको भन्न भ्याएका छन्।

यतिबेला अपहरण र दुर्व्यवहारको आरोपमा गेब्रियलविरुद्ध मुद्दा दर्ता भएको छ।

अडिटी सेन्ट्रलका अनुसार​ गेब्रियललाई शनिबार हिरासतमा लिइएको छ।

भिडिओ


प्रतिक्रिया दिनुहोस्