काठमाडौं र धरानका मेयर अपवाद हुन, स्वतन्त्रको राज्य चल्दैन: प्रचण्ड

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ४ : ०८


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताएका छन्।

केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोली स्वतन्त्रले सबै पलिका लैजान्छ की के हो भने जस्तो गरे पनि त्यस्तो नहुने उनले बताए। नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरणका क्रममा उनले यस्तो भ्रममा नपर्न आग्रह गरे।

उनले एक जना स्वतन्त्र रुपमा विजयी पालिका प्रमुख आफ्नै कार्यक्रममा समेत सहभागी भएको बताए।

उनले भने, ‘स्वतन्त्रमा विजयी केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन्।काठमाडौं र धरानका प्रमुख भने अलि भिन्न तरिकाले आए। यसबाहेक अरु कोही स्वतन्त्र मैले ठानेको छैन। तर, स्वतन्त्रले नै देशमा चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नुहुन्न। त्यो अपवाद हो। उहाँहरू कुनै न कुनै रुपमा पार्टीहरूसँग समन्वय गरेर मात्रै आफ्नो कामलाई अगाडी बढाउन सक्ने स्थिति हुन्छ। अहिले यो देशमा पार्टी सिस्टम कमजोर बन्ने, स्वतन्त्रको राज्य चल्ने भन्ने यो बिल्कुल हुन सक्ने कुरा होइन।’’ यि भिन्नहरूले पनि माओवादीको जस्तै कुरा गरेको उनले बताए। यही कारणले जनताले मत दिएको उनको दाबी छ । स्वतन्त्रको यो जितलाई हामीले ‘सबक’का रुपमा लिनु पर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्