काठमाडौं । स्थानीय निकायको चुनावमा अपेक्षाकृत नतिजा नआएपछि विवेकशिल साझाका अध्यक्ष रविन्द्र मिश्रले राजीनामा दिएका छन्।
विवेकशिल साझाको अध्यक्षबाट राजीनामा दिएपनि उनी सो पार्टीको साधारण सदस्य भने रहिरहने छन्। अब मिश्रले के गर्लान भन्नेबारे खुलाएका छैनन्।
बिबिसी नेपाली सेवाको जागिर छाडेर राजनीतिमा आएका मिश्रले पछिल्लो समय आफू असफल भएको जस्ता टिप्पणी गरिरहेका छन्।
आज उनले सामाजिक सञ्जालमा आफू खुइलिएको भन्दै स्टाटस लेखे। मिश्रको ट्विट रिट्विट गर्दै कमल थापाले सान्त्वना दिएका छन्। साथै निराश नहुन समेत आग्रह गरेका छन्।
तपाईं खुइलिनु भएको छैन @RabindraMishra जी।राजनीतिमा विद्यमान विकृति/विसङ्गतिको शिकार हुनुभएको मात्र हो।जीवनको लामो यात्रामा उतारचढाव स्वभाविक हो।नेपालको राजनीतिमा तपाईंले राष्ट्रप्रेम र सुशासनको वैकल्पिक आवाजलाई सशक्तरुपमा प्रस्तुत गर्नुभएको थियो।त्यसको महत्व अझै कायम छ,रहिरहने छ https://t.co/FALtTIugvg
— Kamal Thapa (@KTnepal) June 1, 2022