तारा एयर दुर्घटना: थप मृतकको शव काठमाडौं ल्याइयो (फोटोफिचर)

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : ५९


मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ।

मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो। गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ विमान सोमबार बिहान मुस्ताङको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

सोमबार नै १० जनाको शव काठमाडौं ल्याइएको थियो भने बाँकी १२ जनाको शव मंगलबार ल्याइएको हो।

शव पोष्टमार्टमका लागि काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा लगिएको छ। पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारजनलाई बुझाइनेछ।

तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको थियो। विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए।


प्रतिक्रिया दिनुहोस्