काठमाडौं। अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी धेरै बोल्दैनन्। तर जब उनी बोल्छन् उनी प्रस्ट रुपमा आफ्नो भनाइ राख्छन्।
यस क्रममा मेस्सीले यस सिजनको बालोन डि’ओर स्पेनिस क्लब रियल म्यड्रिडका फरवार्ड करिम बेन्जेमाले जित्ने बताएका छन्।
उनका अनुसार यसपटक बेन्जेमा बालोन डि’ओरको हकदार हुन् र त्यो स्पष्ट छ। अन्य बेन्जेमाको दाँजोमा नभएको पनि उनको भनाइ छ।
गत शनिबार इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक मड्रिड च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो। त्यस लगत्तै मेस्सीले यस्तो बताएका हुन्।
मड्रिडले यसपटकको ला लिगा उपाधि पनि हात पारेको छ। ३४ वर्षीय बेन्जेमाले च्याम्पियन्स लिगमा यसपटक १५ गोल गरेका छन् भने उनले ला लिगामा २७ गोल गरे।