दीपक राज गिरी भन्छन्ः बाँदरहरू तह लगाउने प्रकृया त अब सिक्नैपर्छ बालेन जी

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १२ : ५५


काठमाडौं। काठमाडौं महानगरपालिकाको सोमबारको पहिलो बैठकले रेष्टुरेन्ट, होटल तथा पेट्रोल पम्पको शौचालय निःशुल्क रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको हिजो सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले ति स्थानका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो।

सो क्रममा केही वडाका वडाध्यक्षले मेयर बालेनलाई बैठकका निर्णय लगायत कुराहरु प्रकृयागत हिसाबले कसरी अगाडि बढाउने भन्ने विषयको ज्ञान नभएको बताएका थिए। उनीहरुले महानगरको प्रकृया पहिलो बुझ्न सुझाव दिएका थिए।

उनीहरुले बैठक लाइभ गर्ने विषयको पनि सांकेतिक रुपमा खण्डन गर्दै आफूहरु मेयरको चाकडी नगर्ने उल्लेख गरेका थिए।

यसबीचमा मेयर बालेनलाई प्रकृया सिकेर आउन भनेपछि कलाकार दीपक राज गिरीले व्यंग्य गर्दै भनेका छन्,‘प्रकृया सिकेर आउनु पर्छ
सहि हो, कुरा एकदम ठिक हो, बॉदरहरू कसरी तह लगाउने त्यो प्रकृया त अब सिक्नै पर्छ बालेन जी।’

No description available.


प्रतिक्रिया दिनुहोस्