बालेन मेयर बनेको खुशियालीमा आज झम्सिखेलको चिकेन स्टेसनले सित्तैमा बर्गर दिने

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १० : ११


काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाह निर्वाचित भएको खुसियालीमा आज मंगलबार झम्सिखेलस्थित चिकेन स्टेसनले निःशुल्क रुपमा आफ्ना ग्राहकलाई बर्गर दिने भएको छ।

चिकेन स्टेसनको मुख्य शाखा झम्सिखेलमा जाने हरेक ग्राहकले निःशुल्क रुपमा बर्गर पाउने त्यहाँका सञ्चालक निकेश ताम्राकारको भनाइ छ।

मंगलबार बेलुका ६ बजेसम्म त्यहाँ जाने सबै ग्राहकले चिकेन र भेज बर्गर निःशुल्क पाउनेछन्।

ताम्राकारका अनुसार आज दिनभरीमा कम्तिमा ४ सयभन्दा धेरै बर्गर जाने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्