‘कबड्डी–द फाइनल म्याच’ले चार दिनमा कमायो आठ करोड

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ९ : ४०


काठमाडौं। नेपाली दर्शक माझ अति नै लोकप्रिय कबड्डी सिरिजको अन्तिम फिल्म ‘कबड्डी–द फाइनल म्याच’ले आकर्षक कमाई गरेको छ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको सो चलचित्रले चार दिनमै आठ करोड कमाएको हो।

प्रदर्शनको दुई दिनमै ६ करोड ग्रस कलेक्सन गर्न सफल यो चलचित्रले प्रदर्शनको चार दिनमा ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

चलचित्रको मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा पहिलो सप्ताहन्तको कमाइ २ करोड १८ लाख रुपैयाँ ग्रस छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईको कमाइ १ करोड १२ लाख रुपैयाँ ग्रस छ।

वान सिनेमाजमा ४५ लाख, बिग र एफक्यूबको कमाइ ४० लाख अनुपातमा छ। बीएसआरमा ३० लाख, पोखराको मिडटाउनमा १२ लाख, गोपीकृष्ण र अष्टनारायणमा २० लाख, रञ्जनामा २१ लाख ग्रस कमाइ छ।


प्रतिक्रिया दिनुहोस्