काठमाडौंका मेयर बालेन शाहले लिए सपथ

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : २४


काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । यसअघि मुख्य निर्वाचन अधिकृत खतिवडाले प्रमाणपत्र वितरण गरेका थिए। नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् । वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस्