पञ्जाबका चर्चित गायक सिद्धु मुस वालाको राति गोली हानेर हत्या

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ११ : ५९


नयाँ दिल्ली। कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मूस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ।

गोली लागेर अन्य दुई जना घाइते भएका छन्। पञ्जाब सरकारले मूस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआइपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो।

मुस वाला र उनका दुई साथीहरू पञ्जाबको जवाहर के गाउँमा जीपमा चढ्दै गर्दा आक्रमण भएको थियो। मूस वाला गाडीको सिटमा ढलिएको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए।

उनलाई अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले यो आक्रमणको जिम्मेवारी क्यानडामा रहेका एक गुण्डाले लिएको जनाएको छ।

‘उनको हत्यामा लरेन्स बिश्नोई गिरोह संलग्न छ। गिरोहका सदस्य लक्कीले क्यानडाबाट जिम्मेवारी लिएको छ’ पञ्जाब डीजीपी वीके भवराले भने।


प्रतिक्रिया दिनुहोस्