आमिर खानले यसरी ‘फरेस्ट गम्प’लाई ‘लालसिंक चड्डा’ बनाउन सफल भए…

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ११ : ४७


काठमाडौं। बलिउड अभिनेता आमिर खान अभिनयसँगै फरक फ्लेभरका फिल्म बनाउन पोख्त निर्माता हुन्।

उनको लोकप्रिय केबल भारतमा होइन सारा विश्वमा छ। आमिर चीनमा पनि ‘सुपरस्टार’ छन्। उनको सन् २०१६ को फिल्म ‘दंगल’ र सन् २०१७ को ‘सेक्रेट सुपरस्टार’ले चीनमा ब्लकबस्टर व्यापार गरेको थियो।

‘दंगल’ले चिनियाँ बक्सअफिसमा झण्डै हजार करोड बढीको व्यापार गरेको थियो। पश्चिमा मुलुकमा उनको लोकप्रियता उत्तिकै छ। धेरै हलिउड स्टारले उनको फिल्म हेरिसकेका छन्।

हलिउड अभिनेता टम हेङ्क पनि आमिरका फ्यान हुन्। सन् २०१४–२०१५ ताका आमिरले जर्मनीमा टमलाई भेटेका थिए। आमिरका अनुसार उनी हलिउडका लोकप्रिय अभिनेता स्टिभन स्पिलबर्गलाई भेट्न जर्मनी पुगेका थिए।

उनी स्टेभनमार्फत ‘फरेष्ट गम्प’का निर्देशक रोबर्ट जेमेकिसलाई भेट्न त्यहाँ गएका थिए। आमिर ‘फरेष्ट गम्प’को हिन्दी रिमेक बनाउन चाहन्थे। तर, रोबर्टले आमिरको प्रस्तावलाई अस्वीकार गरे।

रोबर्टले आफ्नो कुरा नसुनेपछि आमिरले स्टेभनलाई पुनः भेटे। त्यो समयमा स्टेभन ‘ब्रिज अफ स्पाइज’को सुटिङ गरिरहेका थिए। जुन फिल्ममा टम प्रमुख अभिनेता थिए। स्पिलवर्गको रोबर्टसँग राम्रो सम्बन्ध भएको थाहा पाएपछि आमिरले ‘फरेस्ट गम्प’को लागि स्टिभनले रोबर्टलाई ‘कन्भिन्स’ गर्न सक्नेमा ढुक्क भए।

त्यसपछि आमिर ‘ब्रिज अफ स्पाइज’को सुटिङ सेटमा पुगे, जहाँ उनको भेट स्टेभनसँगै टमसँग पनि भयो। जहाँ स्टेभनले टमलाई ‘आमिर भारतको जेम्स क्यामरुन’ भनी चिनाएका थिए।

हलिउडमा जेम्सले आफ्नो बक्सअफिसको रेकर्ड तोडेजस्तै आमिरले पनि भारतमा आफ्नो रेकर्ड तोड्ने गरेको पनि स्टेभनले व्याख्या गरेका थिए। यही कुराकानीमा टमले आफूले आमिरलाई चिन्ने गरेको बताएका थिए। उनले आमिरको फिल्म ‘थ्री इडियट्स’ तीन पटक भन्दा बढी हेरेको खुलाएका थिए।

त्यसपछि आमिरले स्टिभनसँग रोबर्टलाई भेट्न चाहेको कारण खुलाए। स्टेभनले रोबर्ट र आफ्नो सम्बन्ध बाबु छोराको जस्तै भएको बताइरहँदा आमिरले आफूलाई रोबर्टले भेट्न अस्वीकार गरिरहेको सुनाए।

निरन्तर प्रयास पछि आमिर फिल्मको हिन्दी रिमेक अधिकार लिन सफल भए। त्यही नामलाई उनले हिन्दी भर्सनमा ‘लाल सिंह चड्डा’ बनाएका छन्। सन् २०२२ को प्रतिक्षित यो फिल्म ११ अगष्टमा रिलिज हुँदै छ।


प्रतिक्रिया दिनुहोस्